मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

एमालेको विधान महाधिवेशन आजदेखि, लगातार तीन दिनसम्म चल्ने


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/957
    असोज १५, २०७८ शुक्रबार
    एमालेको विधान महाधिवेशन आजदेखि, लगातार तीन दिनसम्म चल्ने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशन शुक्रबार सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    तीनदिनसम्म चल्ने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने कार्यक्रम रहेको छ । केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको हो ।

    पहिलो दिन प्रस्तुत गरिने तीन प्रतिवेदन एवं प्रस्तावमाथि महाधिवेशनको दोस्रो दिन समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिने एमालेले जनाएको छ । महाधिवेशनको अन्तिम दिन समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले स्पष्ट पार्दै सार संक्षेपीकरण गर्ने कार्यसूची रहेको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij