काठमाडौं । लामो समयमसम्म तत्कालीन वरिष्ठ नेता माधव नेपालसँग सहकार्य गरेर अहिले एमालेमै फर्किएका दोस्रो तहका नेताहरुले पार्टीभित्र फरक मत राखिरहेको भए पनि उनीहरुको विचार कमजोर दखिन्छ ।
प्रतिनिधि सभा विघटनलाई ओलीको कमजोरी भएको उनीहरुको धारणा भए पनि ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संसद विघटनको निर्णय ठीक भएको उल्लेख गरिएको छ ।
१० बुँदे सहमतिको कार्यान्वयन भएको घोषणा भइसकेको भए पनि एमालेमा फर्किएका दोस्रो तहका नेताहरु महत्पवूर्ण जिम्मेवारी पाउनबाट बन्चित छन् ।
सुदुरपश्चिमको इञ्चार्ज ९ औं महाधिवेशन अनुसार भीम रावल भए पनि ओलीले पूर्व माओवादी नेता लेखराज भट्टलाई बनाएर एमालेभित्र गुटबन्दी गर्न नपाइने सन्देश दिएका छन् ।