काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाविधेशन आज सकिदैछ । हिजो टोली नेताले सुझाव प्रस्तुत गरेका थिए ।
राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन् ।
गत शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् । हिजो बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको छ । त्यसको जवाफ आज तीनै जना नेताले दिने छन् ।