मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

विधान महाधिवेशन

अब एमालेमा केन्द्रीय, स्थायी र सचिवालय कमिटी रहने, पोलिटब्युरो कमिटी नरहने


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/994
    असोज १७, २०७८ आइतबार
    अब एमालेमा केन्द्रीय, स्थायी र सचिवालय कमिटी रहने, पोलिटब्युरो कमिटी नरहने

    काठमाडौं । नेकपा (एमाले) खारेजीमा परेको तत्कालीन नेकपाको जस्तै पार्टी संरचना बनाउने भएको छ । उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले समूहबाट आएका सुझावहरुको आइतबार जवाफ दिने क्रममा यस्तो जानकारी दिएका हुन् ।  

    तीन दिनदेखि जारी विधान महाधिवेशनका क्रममा आएका सुझावहरुका अनुसार एमालेले केन्द्रीय कमिटीमा तीनवटा मात्रै लेयर राख्ने निर्णय लिएको हो । अब एमाले केन्द्रमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी हुनेछ ।

    त्यसपछि स्थायी कमिटी र सचिवालय तीनवटा तह हुनेछ, पौडेलले भने, पार्टी चलाउनै समस्या हुने भएकाले पोलिटब्युरोको आवश्यकता हुँदैन भनिएको हो । उनको जवाफ दिने क्रममा पार्टीलाई सहज रुपमा चलाउनका लागि यस्तो गरिएको बताए ।

    पौडेलले नेताहरुलाई माथिल्लो तहसम्म पुग्ने बाटो खोल्न स्थायी कमिटीको आकार विस्तार गरेर ४५ सदस्यीय बनाइने बताए । ४५ सदस्यीय स्थायी कमिटी मुख्य नेतृत्वका निम्ति प्रतिस्पर्धा गर्ने थलो हुनेछु, उनले भने, केन्द्रीय तहमा पोलिटब्युरो रहने छैन । अब एमालेमा पदाधिकारी रहेको सचिवालय हुनेछ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij