मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

एमाले विधान महाधिवेशनबाट तीनै प्रस्ताव सर्वसम्मत पारित

असन्तुष्ट रावल पक्षले लिखित रुपमा फरक मत राखेनन्


  • 2.6K
    SHARES
  • https://indrenipost.com/posts/995
    असोज १७, २०७८ आइतबार
    एमाले विधान महाधिवेशनबाट तीनै प्रस्ताव सर्वसम्मत पारित

    काठमाडौं । नेकपा (एमाले)को जारी विधान महाधिवेशनबाट तीनवटै प्रस्ताव सर्वसम्मत पारित भएका छन् । महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएका हुन् । 

    राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले आफ्नो जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीनवटै प्रस्ताव पारित गर्न हललाई आग्रह गरेका थिए। हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पास गरेको हो ।

    एमालेको विधान महाधिवेशन नीति निर्माणका लागि भएको थियो । तर यो महाधिवेशनमा माधव नेपाललाई छाडेर आएका घनश्याम भुसाल र भीम रावलसहितका नेताहरुले लिखित रुपमा फरक मत राखेनन् । 

    उनीहरुले असन्तुष्टि व्यक्त गरे पनि लिखित रुपमा फरक मत नराखेपछि तीनवटा मात्रै प्रतिवेदनमाथि छलफल भएको थियो । महाधिवेशन आजै सकिनेछ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij