सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
सुरक्षा/अपराध
बुधबार, फागुन २ २०८०

काठमाडौं । नेपाल

बुधबार, फागुन २ २०८०

सुनसरी । बराहक्षेत्र नगरपालिका-९ राजाबासबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ६ किलो ९ सय ४० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका-८ बस्ने २७ वर्षीय लक्ष्मण राई रहेका छन् ।   ईलाका

बुधबार, फागुन २ २०८०

काठमाडौं । पाल्पा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको निधन भएसँगै मृतकको संख्या १० पुगेको हो । मंगलबार अपराह्न डुम्रेबाट शिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै आठ जनाको मृत्यु भएको थियो ।

मंगलबार, फागुन १ २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । फ्लाइ दुबईको उडानबाट दुबई जान लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ की १९ वर्षीय सुस्मिता गोले र पैसा पठाउने माइला स्याङ्बोलाई पक्राउ गरी प्रहरीको विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फका

सोमबार, माघ २९ २०८०

सिरहा । सिराहाबाट औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । सरोजको शरीर खानतलासी गर्दा पेस्तोल फेला परेपछि उनलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।  गत शनिबार राति संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बसेको घरमा पुगेर झगडा

सोमबार, माघ २९ २०८०

वीरगञ्ज (पर्सा) । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड दुई लाख

आइतबार, माघ २८ २०८०

काठमाडौं । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको

शनिबार, माघ २७ २०८०

सुनसरी । धरान उपमहानगरपालिका-११ रिटिङ टोलबाट अवैध लागूऔषध गाँजा १ सय २४ किलोसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ रिटिङ टोल बस्ने १९ वर्षीय मौसम राई र सोही उपमहानगरपालिका-११ रेसुङ्गा चोक बस्ने २२ वर्षीय अभिषेक शेर्मा रहेका छन्

शुक्रबार, माघ २६ २०८०

काठमाडौं । नेपाल प्रहरीले २ हजारभन्दा बढी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै प्रहरी जवानदेखि भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान गरेको हो । जस अन्तर्गत प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७

बिहीबार , माघ २५ २०८०

काठमाडौं ।

बिहीबार , माघ २५ २०८०

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित एक सय ३४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक सय ३० पुरुष र चार महिला छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा छ जना विदेशी नागरिक छन् । प्रहरीले

बुधबार, माघ २४ २०८०

मोरङ । मोरङको रंगेली ७ चिनामारीबाट गाजा र हरिणको सिङसहित एक महिला पक्राउ परेकी छन् । ५५ वर्षीय सागर देवीले घरमा लुकाइ राखेको अवस्थामा १ केजी ६९७ ग्राम गाजा र ४ थान हरिणको सिंह फेला परेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले बताए ।  उनलाई

बुधबार, माघ २४ २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस दिन सेवाग्राहीसँग पाँच लाख रुपैयाँ लिएको पुष्टि भएपछि मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि

बुधबार, माघ २४ २०८०

काठमाडौं । ललितपुरबाट पेस्तोलको गोली र ब्राउन सुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो १ बजे महालक्ष्मी नगरपालिका-७ चाँगाथलीस्थित एक घरबाट प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक र तीन जना नेपाली नागरिक रहेका छन् । सोही

मंगलबार, माघ २३ २०८०

काठमाडौं । बितेका छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । उक्त अवधिमा दुई हजार सात

सोमबार, माघ २२ २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनामाथि हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको छ । जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका

सोमबार, माघ २२ २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी मुद्दाको जाहेरी परेको छ । लामिछानेसहित १८ जना व्यक्ति/कम्पनीविरूद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले सोमबार कास्की प्रहरीमा जाहेरी दिएका हुन् । प्रहरीका अनुसार लामिछानेसहित व्यक्ति र कम्पनीहरूविरूद्ध निवेदन पर्दै आएका थिए । 'निवेदन

सोमबार, माघ २२ २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता भएको छ । राजीनामा रीतपूर्वक नभएको भन्दै फिर्ता गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । चन्दले शुक्रबार राजीनामा दिएका थिए । विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेपछि बनाइएको

सोमबार, माघ २२ २०८०

काठमाडौं । अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियुआई विङक्यानलाई पक्राउ

सोमबार, माघ २२ २०८०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीबाट आज प्रहरीले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका–५ आइटी पार्कस्थित पनौती–बनेपा सडकखण्डमा आज बिहान सवारी जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई पुरुष

सोमबार, माघ २२ २०८०

काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार कसुर मुद्दामा स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर प्रालिका निर्देशक लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

सोमबार, माघ २२ २०८०

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो ३३ वर्षमा विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोपमा २९८ जनाविरुद्ध इन्टरपोलमार्फत ‘नोटिस’ जारी गरेको छ । सन् १९९१ देखि हालसम्म उक्त नोटिस जारी गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । फरार प्रतिवादीको अन्तर्राष्ट्रियस्तरमा खोजतलासका निम्ति नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा

आइतबार, माघ २१ २०८०

काठमाडौं । विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना पनि तोकेको छ । अध्यक्ष टेकनारायण कुँवर,

आइतबार, माघ २१ २०८०

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको बनेपा नगरपालिका साविक वडा नं. ११ (हाल वडा नं ६) बस्ने घराना डेभलपर्स प्रालिका सञ्‍चालक मन्दिरा केसी (कार्की) रहेकी छन् । बैंकिङ कसुर मुद्दामा साविक पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij