मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
राजनीति
सोमबार, चैत २६ २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् । छलफलका लागि

आइतबार, चैत २५ २०८०

काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले सिंहदरबारको दक्षिण गेटअगाडि आइतबार प्रदर्शन गरेको छ । सरकारले निषेधित क्षेत्र घोषणा गरेको दक्षिण गेटअगाडि प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारले काम

आइतबार, चैत २५ २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको हो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार गर्नुभएको राजनीतिक दस्तावेजमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम समावेश

आइतबार, चैत २५ २०८०

काठमाडौं । गण्डकी प्रदेशका सत्ता गठबन्धनका नेताहरुले सभामुखसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि एमालेको

आइतबार, चैत २५ २०८०

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज (आइतबार) पद तथा गोपनीयताको सपथ खाँदैछन् । सपथ ग्रहणको कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । संघको राजनीतिक फेरबदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका थिए । नयाँ बनेको

आइतबार, चैत २५ २०८०

काठमाडौं । उपनिर्वाचनअन्तर्गत आज (आइतबार) उमेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ । त्यसअघि शनिबार उपनिर्वाचन हुने

आइतबार, चैत २५ २०८०

काठमाडौं । संघीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । आज (आइतबार) दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भएबमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा पदाधिकारीसँग छलफल हुने

शनिबार, चैत २४ २०८०

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने निर्णय गरेको छ । माओवादी केन्द्र र एमाले दुवै पार्टीका इलाम जिल्ला संयोजकले विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेको जनाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका

शनिबार, चैत २४ २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरी पक्षका नेता कार्यकर्ताहरूको बैठक काठमाडौंमा बसेको छ । हिजोदेखि सुरु भएको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेबारे निर्णय गर्ने बताइएको छ । प्रदेश सरकारमा सहभागी हुनुपर्ने मत बलियो रूपमा आएको नाउपाका एक नेताले बताए । तर, कुन

शनिबार, चैत २४ २०८०

काठमाडौं । वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवारले शनिबार मनोनयन दर्ता गर्दै छन् । बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ । शनिबार साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची

शुक्रबार, चैत २३ २०८०

काठमाडौं । उपनिर्वाचनका लागि प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्तिमार्फत मतदानस्थल र केन्द्र स्वीकृत गरिएको जानकारी दिए । त्यस्तै, प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा ७४ मतदानस्थल र ९३ मतदान

शुक्रबार, चैत २३ २०८०

काठमाडाैं । न्याय परिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो । बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस गरेको छ । जिल्ला न्यायाधीशमध्ये ५३ सिट खाली रहेकोमा परिषद्ले १० जनाको नाम

बिहीबार , चैत २२ २०८०

काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टी (जसपा)ले इलाम-२ मा पहिचानवादी उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरिएको प्रवक्ता मनीष सुमनले जानकारी दिए । त्यस्तै, बझाङ–१ ‘क’ मा आफ्नै पार्टीबाट उमेदवार उठाउने निर्णय गरिएको

बिहीबार , चैत २२ २०८०

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ । आज (बिहीबार) बसेको बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ । खड्का पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । आगामी वैशाख १५ गते

बिहीबार , चैत २२ २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले हसिना खानलाई प्रतिनिधिसभा सदस्य बनाउन निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ । बिहीबार बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट खानलाई समानुपातिक सांसदका निम्ति सिफारिस गर्ने निर्णय गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । यही चैत ४ गते जसपाकी सांसद

बिहीबार , चैत २२ २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले इलाम–२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो । माओवादीबाट उम्मेदवार घोषणा गरेका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए

बिहीबार , चैत २२ २०८०

काठमाडौं । संघीय संसद्अन्तर्गत आज (बिहीबार) एकैपटक सातवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा उजुरी छानबिन उपसमितिमा हाल सम्म भएका कामकारबाहीको जानकारी सम्बन्धमा समितिको आन्तरिक छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा

बिहीबार , चैत २२ २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ । यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो । संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो । कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का

बिहीबार , चैत २२ २०८०

काठमाडौं । समानुपातिक सांसद चयन गर्नका लागि जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि जसपाले सांसद चयन गर्न लागेको सो

बुधबार, चैत २१ २०८०

काठमाडौं । ताइवानमा आएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । ताइवानमा आएको ७.४ रेक्टर स्केलको यो भूकम्प विगत २५ वर्षको सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ । भूकम्पका कारण ८०० जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् । उद्दारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसको खोजी गरिरहेको र

बुधबार, चैत २१ २०८०

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षी भूमिका बस्ने भएको छ । उसले एमालेमाओवादी लगायतका दलहरूको सत्ता गठबन्धनलाई समर्थन नगर्ने भएको हो । राप्रपा बिनासरकार नै नबन्ने परिस्थिति बनेमा हाल कायम सत्ता गठबन्धनलाई समर्थन नगर्ने आज (बुधबार) बसेको पार्टी पदाधिकारी बैठकले निर्णय गरेको

बुधबार, चैत २१ २०८०

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ । आज (बुधबार) बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गरेका हुन् । १५ चैतमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि उक्त पद रिक्त छ । सत्ता गठबन्धन परिवर्तन भएपछि राष्ट्रिय सभा

बुधबार, चैत २१ २०८०

काठमाडौं । संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग राख्दै आएको छ । आज (बुधबार) उक्त बैठकको सुन्ने समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि यथाशीघ्र छानबिन हुनुपर्ने माग राखेका छन् । उनले रविको विषयमा छानबिन नगरी कसैले

बुधबार, चैत २१ २०८०

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ । उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन आज बैठक बस्न लागेको हो । यसअघि हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखरगगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय लिइएको थिएन । सभापति देउवाले बैठकमा इलाम२

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij