आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

अभियान्ता नजबुल खान भन्छिन्ः अहिले नगरे कहिले गर्ने ?

  • 57.4K
    SHARES
  • https://indrenipost.com/posts/167
    चैत १६, २०७६ आइतबार
    अभियान्ता नजबुल खान भन्छिन्ः अहिले नगरे कहिले गर्ने ?

    काठमाडौं । आसनमा महिला, भाषणमा महिला र शासनमा महिला का अभियान्ता नजबुल खानले अस्पसतालमा कर्यरत स्वास्थ्य कर्मचारीका लागि स्वास्थ्य सामग्री उपतब्ध गराउनुभएको छ । आफ्नो पहलमा चौधरी फाउण्डेसनबाट स्वास्थ्य सामग्री पीपीई र सर्जिकल मास्क ल्याएर अभियान्ता खानले उदयपुरको जिल्ला अस्पताल र अञ्चल अस्पताल राजविराजलाई उपलब्ध गराउनुभएको हो ।

    उहाँले उदयपुर अस्पताललाई ५ सेट पीपीई र सर्जिकल मास्क हस्तान्तरण गर्नुभयो । यसैगरी गजेन्द्र नाराणण सिंह अञ्चल अस्पताल राजविराजलाई १६ सेट पीपीई हस्तान्तरण गर्नुभएको छ ।

    nnn.jpg

    'मलाई यतिवेला कोराना भाइरसको भन्दा कोरोना लागेकाहरुको उपचार गर्ने स्वास्थ्य कर्मीको अवस्था देखेर चिन्ता लागेको छ । उहाँहरुनै विरामी पर्नुभयो उपचार कस्ले गर्छ ?' उहाँले भन्नुभयो, 'स्वास्थ्यकमीहरुकै सुरक्षा देखिएन । त्यसकरण मैले पहल गरेर आफै बर्दिवास पुगी आवश्यक सामग्री ल्याएर सकेको सहयोग गर्ने प्रयास गरेको छु । यसले थोरै भएपनि राहत पुग्ने विस्वास छ ।'

    मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपरकी अध्यक्षसमेत रहेका खानले सरकारसँग अती गरिव विपन्न परिवारलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने माग पनि गर्नुभएको छ । उहाँले नयाँ समाजसँग भन्नुभयो, 'म आफु पनि अझै सकेको पहल गरेर अव राहत बितरण तर्फ लाग्ने तयारी गर्दैछु ।'

     

    najbul4.jpg

    उहाँले जोखिम मोलेर काम गर्न सफल भएकोमा खुसी लागेको भन्दै कोरोनाको महामरीविरुद्धको लडाइँमा सबैले आआफ्नो स्थानबाट सकेको काम गर्नु पर्ने बताउनुभयो । कारोना १९ भाईरसबाट आफू पनी बाचौं र अरूलाई पनी बचाऔ अहिले न गरे कहिले गर्ने ? यहाँ नगरे कहा गर्ने? मैले न गरे कसले गर्ने ? अभियान्ता नजबुलको नारा छ ।

    जनबुल खान मुस्लिम महिला अभियान्ता पनि हुनुहुन्छ । उहाँ बुर्काविरोधी अभियान्ताका नामले पनि परिचि हुनुहुन्छ । उहाँले आफ्नै नेतृत्वमा नेपालमै पहिलो पटक बेटिहरुको राष्ट्रिय सम्मेलन गर्न सफल हुनुभएको थियो । उहाँले सम्पूर्ण महिलाहरुले सेनेटरी प्याड निशूल्क पाउनुपर्छ भनेर पनि धेरै अभियान चलाउनुभयो । उहाँको त्यो अभियानले सार्थकता पनि पाएको छ । अहिले धेरै स्थानीय सरकारले निशुल्क सेनेटरी प्याड वितरण गरिरहेका छन् । पुरै मनले काम गर्ने हो भने एउटै व्यक्तिको आवाज पनि कमजोर हुँदैन भन्ने उदाहरण बन्नुभएको छ नजबुल ।

    जनबुलले जस्तै आफ्ना स्थानमा सकेको सहयोग र सजगता आपनाउन जरुरी अवश्य छ । विश्वमा कोरोनाको महामारी झनै व्यापक रुपमा फैलिरहेको छ । यस्तो वेला लापर्वबाही गर्न त हुँदै हुँदैन । करिब ३० हजार मानिस कोरोना भाइरसबाट मरिसकेका छन् । विश्वभरी ६ लाख ४० हजारभन्दा धेरै मानिसलाई संक्रमण भइसकेको छ । आफ्नो सुरक्षा आफै गरौं । हेलचेक्राइ गर्दै नगरौं ।

    91743048_148571296494599_219717242529513472_n.jpg

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij