शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

रुकुम घटना :जातीय विभेदको पराकाष्ट

  • 37.1K
    SHARES
  • https://indrenipost.com/posts/259
    जेठ २५, २०७७ आइतबार
    रुकुम घटना :जातीय विभेदको पराकाष्ट

    टिप्पणी

    समाजमा अन्याय र अत्याचार थियो । थिचोमिचो थियो, असह्य विभेद थियो । देशमा व्यथिति, भ्रष्टचार र मुठिभरको राज थियो । जनताको निकै कठिन दैनिकी थियो । समाज र देशका यी सबै जन्जिरहरु तोड्न र न्यायपूर्ण समाज र सुशासनकको निर्माण गर्न दश बर्षे जनयुद्ध भएको थियो । मुक्तिका लागि भनेर हजारौं नागरिकले आफ्नो जीवन बलिदान पनि गरे । जनयुद्धको समयमा आम नागरिकले निकै त्रासदीपूर्ण जीवन विताए । जनता एकातिर राज्यका सेनाको र अर्कोतिर भूमिगत राजनीति गरिरहेका हतियारबद्ध माओवादीको त्रासमा हरे । थुप्रै नागरिकले माओवादीलाई वास दिएकै निहुँमा तत्कालिन राज्यको सेनाबाट मारिनु पर्यो । नागरिकहरु माओवादीबाट पनि त्यतिकै पीडिन थिए ।

    एउटा यस्तो समय थियो, माओवादी भन्ने बित्तिकै डरले काप्थे, सबै घरभित्र लुक्थे । माओवादीहरुले यो युद्ध जनताको मुक्तिका लागि हो, परिवर्तनको निमित्त हो भनेका थिए, तर खै परिवर्तन ? आज पनि समाजमा विभेद उस्तै छ । गरिबी यस्तै छ । उत्पीडन उस्तै । जातिय छुवाछुत र महिला हिंशा उस्तै छ । मुक्तिको सपना बोकेर लड्ने बेहिसाव यौद्धाहरुको जिन्दगी वेहाल बनेको छ । सहिद, वेपत्ता र घाइते परिवारको हालत खराब छ । नेताहरु जनताको रतमा कुल्चदै सत्तामा पुगेका छन्, तर समाज पुरानै ठाउँमा छुटेको छ ।

    बुर्जुवा शिक्षा पढ्न हुन्न बनेर गरिबको छोराछोरीहरुलाई सटिफिकेट च्यातेर युद्धमा होमिन लगाए । अहिले उहाँहरुसँग न जागिर खानका लागि पढाइ छ, न त पार्टीले नै हेरेको छ । उहाँहरुकोे अवस्था भने निकै नाजुक छ । उहाँहरूलाई युद्धमा हिँडाउने नेताहरूको भने जीवनस्तर दरवारीयाको भन्दा बढी तडकभडकमा फेरिएको छ । जो पछिपछि कुदे, उनीहरुको जिवनस्तरमा कुनै परिवर्तन आउन सकेन । माओवादिका पूर्व योद्धाहरुको अहिलेको अवस्था एकदमै दयनीय छ । दश बर्षसम्म युद्ध गर्नुभयो, अनि अहिले अशक्त भएका तथा अङ्ग भङ्ग भएकाहरुलाई सहीरुपमा व्यवस्थापन गर्न नसकेको अवस्था छ । जुन दुख उहाँहरुले युटुब भिडियो र सामाजिक संजालमार्फत पोख्नु भएको हामीले प्रसस्त रुपमा देख्न सक्छौं ।

    पहिलेका माओवादी अनि अहिलेका अस्तव्यस्त नागरिक भनेर उहाँहरुको भिडियो हेर्दा साँच्चै लाग्छ दश बर्षे जनयुद्ध असफल भएकै हो । नेताहरुले कहीँ न कहीँ धोका दिएकै हुन् । तत्कालिन माओवादी योद्दाहरु भन्नुहुन्छ कि हामी त्यतिबेला शसक्त भयौ र जनयुद्धमा खुन, पसिना बगायाैं । दिनरात, घामपानी, भोक, निन्द्रा नभनेर सिद्धान्तलाई आत्मसात गर्यौं । मर्न तयार भएर नेताहतरुलाई सत्तामा पु¥यायौं । हजारौं साथीहरुको बलिदान भयो । तिनै नेताहरुले आज हामीलाई असक्त देख्नु भयो ? हामी साच्चै अशक्त भयौ ?

    साच्चै जनयुद्धका ती दृश्यहरु सम्झदा अझै पनि आङ जिरिङ हुन्छ, मनमा एक किसिमको डर अहिलेसम्म मेटिएको छैन । घर फर्कीएका नागरिकहरुको सहि रूपमा ब्यबस्थापन हुन सकेको छैन । आखिर सत्तामा पुगेपछि के तपाईंलाई बचाउनका निमित्त आफ्नो छातीमा गोली थाप्ने तपाईका कमरेडहरुलाई कसरी बिर्सन सक्नु भो ? किन वास्ता गर्नु हँुदैन ? र अहिले किन तपाईहरु जानसक्नु भएन ती त्रसित पारेका बस्तीहरुमा ? किन मलमपट्टी बन्न सक्नु भएन ? किन आज जातीय छुवाछुतलाई कागजमा सीमित राख्नु भयो ? युद्ध परिवर्तनका लागि थियो र अहिले हेर्नुस् हाम्रो समाज परिवर्तन भएको छ हाम्रो देश विकसित भएको छ भन्ने आभास किन दिलाउन सक्नुभएन ?

    वास्तवमा यो देशमा गरिबीको अन्त्य, छुवाछूतको अन्त्य भएको भए अनि सबै युवाहरु देशमै रोजगार भएका भए कोही बिदेशीनु पर्ने थिएन होला । सबैले तपाई नेताहरुको वाही वाही गर्थे होलान् । जातीय विभेद अन्त्य गर्ने भनीयो तर मानसिकता परिवर्तन हुन सकेन । विभेद अन्त्यका लागि भनेर थुप्रै दलित युवायुवतीहरुले जनयुद्धमा बलिदान गरे । तर हाम्रो समाज पनि परिवर्तन हुन सकेन । फलस्वरूप आज विभिन्न किसीमका सामाजिक समस्याहरु झेल्नु परेको छ । सम्पूर्ण अन्याय अत्याचार अनि समाजमा हुने जातीय बिभेदका निमित्त द्वन्द्व भयो । तर फेरि द्वन्द्व समाप्त भएपछि संविधानमा दलित बर्ग र पिछडिएका क्षेत्र छुट्याउनु नै बिडम्बना थियो । संविधानमा पनि राखिनु हँुदैन थियो दलित भन्ने शब्द । उक्त शब्दले समाजमा कता कता असमानता देखाइरहेको छ । सामाजिक परिवर्तनमा पनि सुन्यता देखिन्छ । जुन रुकुम घटनाले प्रष्ट पारेको छ । देशमा छुवाछूत अझै डरलाग्दो अवस्थामा छ है भन्ने संकेत जनाएको छ । हामी सबै एकै हौं भनेर चेतना फैलाउन सकेनौं । समाजमा जम्मा दुई थरी जाति छन्, एउटा महिला अनि अर्को पुरुष भनेर ज्ञान फैलाउनु पर्दथियो । तर त्यसो अझै हुन सकेन । देशमा नाम मात्रैको गणतन्त्र आयो ।

    जनयुद्धका एक नेतृत्व तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सबैले नामको पछाडी कामी राखौं भन्नु भयो । तर थर परिवर्तन गरेर जातीय विभेद मेटिदैन । हामी सबैले आफ्नो सोच र व्यबहारमा परिवर्तन ल्याउनु पर्दछ । सबैको आ–आफनै महत्व छ । सबैलाई सम्मान गर्नु पर्छ । हामी सबै यस समाजका जिम्मेवार अनि कर्तव्यपरायण अभिन्न अङ्ग हौ । समाज रुपान्तरणका अभियान्ता हांै । सबैजना हातेमालो गर्दै अघि बढ्नुपर्छ । सबैको कामलाई सम्मान गर्नु हाम्रो परम कर्तव्य र आधुनिक युगको आवश्यकता हो ।

    अन्त्यमा, रुकुम घटना वर्तमान युगकै मानव जातिको कलंक हो । नघट्नु घटना घटि नै सक्यो । अब पीडित पक्षले न्याय पाउन र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् । दरबार हत्या काण्ड, मदन भण्डारी हत्या काण्ड अनि निर्मला हत्या काण्ड ओझेलमा परेझै रुकुम जाजरकोट काण्ड पनि ओझेलमा नपरोस् । गणतन्त्रको कम्युनिष्ट सरकारले रुकुम घटनाको कलंक बोक्न नपरोस् ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij