शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

काेराेनाभन्दा डरलाग्दाे भाेकमरी निम्तिन सक्छ

  • 34.2K
    SHARES
  • https://indrenipost.com/posts/328
    भदौ १७, २०७७ बुधबार
    काेराेनाभन्दा डरलाग्दाे भाेकमरी निम्तिन सक्छ

    (राजनारायण श्रेष्ठ फास्टफुड एसोसियसन नेपालको पूर्व महासचिव हुन्)

    कोरोना महामारीको थुप्रै आतंकहरुसँग लड्दै हामी विश्वका मानवजातीले आधा वर्षभन्दा धेरै समय पुरा गरिसकेका छौं । शुरुमा कोरोना भाइरस महामारीका रुपमा थिएन । तर कोरोना लागेपछि त पुरै सखाप भइन्छ भन्ने आतंक भने सिंगो पृथ्वीका मानिसमा डरलाग्दो रुपमा फैलिएको थियो । हाम्रा नानिबाबुहरुसमेत कोरोनाले सबै मानिसलाई मार्ने भयो भनेर त्रसित थिए । उनीहरुको प्रश्न हुन्थ्यो– सेना, हतियारले पनि यो कोरोनालाई मार्न सकिंदैन र ? यो मान्छेभन्दा धेरै ठूलो छ र ? यो बन्दुक र सेना–प्रहरीभन्दा पनि बलियो छ र ?

    शुरुमा कोरोनाको आतंक प्रकासको गतिमा फैलियो तर अहिले विश्वभरी कोरोना नै फैलिसकेको छ । करोडौं मानिस यस भाइरसको संक्रमणमा छन् । तर छ महिना अघिजस्तो कोरोनाको आतंकभने मानिसमा छैन् । मानिसले फेरि कोरोनाको आतंकबाट भने विजय हासिल गरिसकेको छ । विश्वास गरौं कोरोनाको उपचारमा पनि छिटै मानिस विजयी हुनेछ । तर यहाँ कोरोनाका कारण गरिएको लकडाउनले भोकमरी र आर्थिक संकटको आतंकभने डरलाग्दोगरी बढीरहेको छ ।

    अहिलेको बिषम परिस्थितिप्रति हरेक नागरिक आ–आफ्नो ठाउँमा रहेर अनुशासित र सम्यम त बन्नैपर्छ । अनुशासन र धैर्यता पक्षका हुनु जुनसुकै समयका लागि पनि सकरात्मक पक्ष हुन् । अफ्ठेरा परिस्थितिमा समाधान दिलाउने अचुक मन्त्रहरु हुन् । विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा जारि निर्देशनको अनुशासित भएर पालना गरौं । कतिपय विज्ञहरु भ्रमित र भ्रामक तर्कप्रति सचेत बनाैं । आखिर रोग त रोग नै हो । जुन रोगको प्रभाबकारि उपचार सम्भव भइ सकेको छैन् । विश्वका वैज्ञानिकहरु समाधानको नजिक पुगिसकेको अवस्थाप्रति गौरव गरौं । बैज्ञानिकहरुको पूर्ण सफताको कामना गरौं । संक्रमणबाट आफु बचौं र अरुलाई पनि बचाऔं ।

    माथि जतिपनि कुरा गरियो यो त कोरोनाबाट बच्ने कुरा भयो । तर के कोरोनाबाट जोगिएकै कारण मानिसको जीवन सुरक्षित हुन्छ त ? के कोरोनाबाट जोगिनु सबैभन्दा ठूलो सफलता हो त ? लाखौं मजदुरहरुको रोजगारी गुमेको छ । व्यापार व्यवसाय ठप्प छ । राजधानीका मात्रै हजारौं होटल व्यवसाय छ महिनादेखि बन्द छन् । यतिवेला हाम्रा लाखौं नानिबाबुहरु आधा पेट खाएर बाँच्न बाध्य छन् । कोरोना लाग्दा बरु ओच्छ्यानमा सुत्न सकिएला, भोको पेट लिएर कसरी ओछ्यानमा निदाउन सकिन्छ ? हाम्रा बालबालिकाहरु कसरी भोको पेट रहन सक्छन् ? सरकारको काम कोरोनाबाट जोगाउने नाममा लक डाउन गरेर आम नागरिकको काम गरेर खान पाउने अधिकार खोस्नु हो ? कि त सरकारले नागरिकलाई खानेकुरा प्रयाप्त रुपमा दिन सक्नुपर्छ । कोठाभाडा तिर्न नसक्नेहरुको कोठा भाडा तिरिदिने व्यवस्था गरिदिन सक्नुपर्छ । होइन भने सरकारले आम नागरिकलाई संक्रमणसँग जुध्ने सबै उपाए अपनाउँदै व्यापार व्यवसाय गर्न दिनुपर्छ । हाम्रोजस्तो आर्थिक अवस्था कमजोर भएका देशका नागरिकलाई छ महिनादेखि कोठामै थुनेर यो सरकारले के गर्न खोजको हो ? कोरोना संक्रमणबाट बच्ने र बचाउने उपाएने उपाय लकडाउन मात्रै हो त ? आम नागरिकले यस्तो अवस्था कसरी जीवन चलाएरको छ भनेर सोध्ने कस्ले ? नागरिकको दैनिकीप्रति उत्तरदायी हुनुपर्ने को हो ? कोरोनालाई देखाएर नागरिककै भोटबाट सरकारमा पुगेकाहरुले यी सबै जिम्मेवारीबाट भाग्न मिल्छ ? के अब कोरोना सँगसँगै बाच्ने अध्यास गर्नुभन्दा अरु कुनै विकल्प छ ? मालाई लाग्छ यति कुरा सरकारले र हामी आम नागरिकले स्वीकार गर्नुको विकल्प छैन् ।

    व्यापार बन्द, स्कूल बन्द । आयआर्जन गर्ने कुनै ठाउँ छैन । कोठामा थुनिएर बस मात्र भनेर कोरोना संक्रमण हुनबाट त जोगिएला तर भोकमरीले भने अवश्य बाँच्न दिने छैन् । अरु आम गरिखाने नागरिकका लागि कोरोना संक्रमण स्वीकार्य छ तर लकडाउन स्वीकार्य छैन् । किनभने विश्वस्थ्य संगठनकै रिपोर्ट अनुसार पनि कोरोनाबाट संक्रमित हुनेहरुमध्ये करिब १ करोड ८२ लाख मानिस निको भइसकेका छन् । अब संक्रमणित करिब ७० लाख देखिन्छन् । मर्नेहरुमा पनि कोरोनाकै कारण मात्र मर्नेहरु निकै कम भएको तथ्यांकले देखाउँछ । तसर्थ मर्नेहरु सबै कोरोनाकै कारण मरेको भनेर आतंकित बनाएर नागरिकलाई कोठामै थुनेर भोक र ऋणको तनावले मर्न बाध्य नबनाउँ । यस्तै हो भने भोक र ऋणको तनावबाट मर्नेहरुको संख्या एकिन गर्न नसकिने अवस्था नआउँला भन्न सकिंदैन ।

    लकडाउन र निषेधाज्ञाको साथसाथ त्यही समयमा ब्यापक र सूक्ष्म रूपमा संक्रमितहरूको सम्पर्कमा आएका मानिसको कन्ट्याक्ट ट्रेसिङ नगर्ने हो भने र संक्रमितको प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कमा रहेका सबैको परीक्षण नगर्ने हो भने लकडाउन वा निषेधाज्ञाको मात्रै गर्नुको कुनै अर्थ छैन । डाउन र निषेधाज्ञा भनेको मूलतः संक्रमित र संक्रमित हुन बाँकी जनसाधारणबीचको सम्पर्कको सिक्री तोड्नका लागि हो, तर समुदायमा पहिले नै प्रवेश गरिरकेका संक्रमितको मिहिन ढंगले कन्ट्याक्ट ट्रेसिङ र टेस्ट गरेर तिनीहरू सबैको बेलैमा पहिचान गर्ने, तिनीहरूलाई अस्पताल वा आइसोलेसन केन्द्रमा लगेर उपचार गर्ने काम समयमै भएन भने संक्रमित त समुदायमै वा परिवारमै चलायमान भइरन्छन् । सरकारको यही पाराले त न आम नागरिक कोरोना संक्रमणबाट जोगिन सक्नेवाला छन् न त आर्थिक संकट, भोकमरी, डिप्रेसन र आत्महत्याको सिकारबाट नै ।

    त्यसैगरी सरकारले अनावश्यक रूपमा देशभरि वा जिल्लाभरि निषेधाज्ञा वा लकडाउन गरेर र यो समयावधी बढाएर अर्को गल्ति गरिरहेको छ । क्युबा, चीन, भियतनाम, दक्षिण कोरिया, ताइवानको सफल अनुभवले यस्तो गर्नु आवश्यक नै छैन भन्ने देखाइसकेको छ । दुई–चार जना संक्रमित बिरामी भेटियो भनेर पूरै जिल्लामा लकडाउन गर्नु वा निषेधित क्षेत्र घोषित गर्नु सरकारको महामुर्खता हो । यस्तै लकडाउन र निषेधाज्ञा जारी नै राख्ने हो भने आम उद्यमी र ज्यालादारी मजदुरहरुको पेट र मुख लकडाउनमा हुन्छ । बहालमा घर लिएर ससानो उद्यम व्यवसाय गरिरहेका लाखौँ व्यवसायीहरूको व्यवसाय तथा फेरि उठ्ने सम्भावना नै लकडाउन हुन्छ । आज कमाएर आजै खानुपर्ने सारा ज्यामीको जिन्दगी नै लकडाउन हुन्छ । यो महाभूल सरकारले समयमै सच्याउनु आवश्यक छ । अन्यथा हामी यस्तो खराब अबस्थामा पुग्ने छौं कि माफ माग्ने ठाउँसमेत रहने छैन् ।

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij