आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कोरोनाको उपचारमा अब्बल धोविघाटको मेघा हस्पिटल

  • 44.5K
    SHARES
  • https://indrenipost.com/posts/423
    मंसिर ९, २०७७ मंगलबार
    कोरोनाको उपचारमा अब्बल धोविघाटको मेघा हस्पिटल

    विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उपचारमा ललितपुरको धोविघाटस्थित मेघा अस्पतालले निरन्तर प्रभावकारी सेवा प्रदान गर्दै आएको छ । सरकारले कोरोनाको निशुल्क उपचार गर्ने घोषणा गरेसँगै मेघा अस्पतालले पनि कोरोनाको उपचार शुरु गरेको थियो ।

    सरकारले मेघा अस्पताल सहित बिभिन्न आठ अस्पताललाई कोभिड अस्पतालका रुपमा सूचीकृत गरेको थियो । सुबिधा सम्पन्न मेघा अस्पतालमा धेरै कोभिडका बिरामी उपचार पश्चात स्वास्थ्य ठिक भई घर फर्की सकेकाछन्।

    सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचीकृत अस्पतालको हैसियतमा व्यवस्थापन गर्न भनेको छ । न्यून वर्ग र मध्यम वर्गलाई लच्छित गरी संचालन गरिएको यस मेघा अस्पतालले उपचारमा आएका कोभिडका बिरामीलाई कुनै पनि किसिमको सुल्क नलिने बताएको छ ।

    यो जटिल स्थितिमा सेवालाई नै धर्म मानेर जुनसुकै ठाउँमा जतिसुकै बिपन्न पक्षले पनि सहज रुपमा लाभ लिनसकुन भनी मेघा हस्पिटलले सेवा बिस्तार गरेको मेघा अस्पतालका प्रबन्ध निर्देशक किशोर जंग राणाले बताउनुभयो ।

    11141328_1619802294904214_6194513812841468976_n.jpg

    नेपाल सरकारको पछिल्लो निर्णय अनुसार कोराना भाइरसको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भए पनि कोभिड अस्पतालहरुमा खासै बिरामीको चाप बढेको देखिदैन । यसको असर नेपाल सरकारको अघिल्लो निर्णय पनि एक मान्न सकिन्छ। जनमानसमा यसको छाप बिशेष गरी न्यून बर्गका ज्याला मजदुरी गरेर खाने वा सूचनाको प्रवाहबाट टाढा रहने मानिसहरुमा पर्न गएको देखिन्छ।

    नेपाल सरकारको अघिल्लो निर्णयमा कोभिडका बिरामीले आफ्नै खर्चमा उपचार गर्नु पर्ने निर्णय गरेको थियो । तर जनस्तरबाट त्यो निर्णयको व्यापक विरोधभएसँगै सरकारले फिर्ता गरेर पुनः अहिले कोभिडका बिरामीलाई लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । तर पनि विरामीको संख्या बढेका कारण सरकारले तोकेको अस्पताभन्दा अन्य अस्पतालमा उपचार गराउँदा निकै चर्को शुल्क लिने गरेको थुप्रै समाचारहरु आइरहेको छ । आम नागरिकलाई कुन कुन अस्पतालमा कोरोनाको उपचार निशुल्क पाइन्छ भन्ने जानकारीकोसमेत अभावले पनि कतिपय बिरामी ठगिएका छन् ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij