काठमाडौं । भारतीय अभिनेता सलमान खान नेपाल आउने भएका छन् । खानको सुरक्षाका लागि आयोजकले सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरेको छ ।
आयोजक ओडीसी इन्टरटेन्मेन्टले सलमान र कार्यक्रमको सुरक्षा प्रवन्धका लागि १५ सय सुरक्षाकर्मी सरकारसँग माग गरेको हो ।
सलमानको सुरक्षामा कुनै कमजोरी नहोस् र कार्यक्रममा कुनै अप्रिय घटना नघटोस् भनेर आफूहरुले १५ सय सुरक्षाकर्मी माग गरेको ओडीसीका प्रमुख सिमान्त गुरुङले जानकारी दिए ।