शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

साउथवेस्टनले जित्यो 'अन्तर्राष्ट्रिय स्कुल अवार्ड'

  • 148.7K
    SHARES
  • https://indrenipost.com/posts/461
    पुष ६, २०७७ सोमबार
    साउथवेस्टनले जित्यो 'अन्तर्राष्ट्रिय स्कुल अवार्ड'

    काठमाण्डौ । बसुन्धारास्थित साउथवेस्टन स्कुलले अन्तर्राष्ट्रिय स्तरको स्कुल अवार्ड जितेको छ । ‘प्रतिष्ठित अन्तराष्ट्रिय विद्यालय’ विधाअन्तर्गतको उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । ‘शिक्षामा उत्कृष्टताका लागि अन्तर्राष्ट्रि केन्द्र’ र ‘कला, संस्कृति र शिक्षाको स्थिरताको लागि समाज’को संयुक्त आयोजनामा डिसेम्बर २०, २०२० मा भारतको नयाँ दिल्लीबाट भर्चुअलरुपमा सञ्चालित ‘अन्तर्राष्ट्रिय शिक्षाशिखर सम्मेलन र पुरस्कार’ कार्यक्रममा यस अवार्डको घोषणा गरिएको थियो ।

    यस कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, नाइजेरिया, मलेसिया, इन्डोनेसिया, साउदी अरेयिबा, मेक्सिको, थाइल्यान्ड लगायत ५० भन्दा बढी देशका २५० भन्दा बढी संस्था तथा व्यक्तिहरूको सहभागिता रहेको थियो । ‘पोस्ट कोभिड परिदृष्यमा जीवन र आजीविकाको लागि समग्र शिक्षा– अगाडिको बाटो’ विषयबस्तुमा आयोजित उक्त सम्मेलनमा ‘योग्य सम्पन्न शैक्षिक संस्थाहरूका लागि विशिष्ट पुरस्कार’ भन्ने नाराका साथविभिन्नविधाका पुरस्कारहरू वितरण गरिएको थियो । यस भर्चुअल कार्यक्रममा साउथवेस्टन स्कुलको तर्फबाट स्कुलका प्रिन्सिपल रमेश अधिकारी सहभागी भएका थिए ।

    एक बर्षको अवधिमा यस विद्यालयले प्राप्त गरेको यो तेस्रो अन्तर्राष्ट्रिय अवार्ड हो । यस अघि विद्यालयले २०१९ डिसेम्बरमा दुबईको अमिट युनिभर्सिटीद्वारा दुबईमा आयोजित एक कार्यक्रममा अन्तर्राष्टिय स्कुल अवार्डअन्तर्गत साउथवेस्टन स्कुलले एक्सिलेन्स टिचिङ अवार्ड प्राप्त गरेको थियो । त्यस्तै ‘ग्लोबल स्कुल अवार्ड’ र ‘इडु नेसन टिभी’द्वारा १२ अक्टोबर २०२० मा आयोजित एसियाको पहिलो भर्चुअल अन्तर्राष्ट्रिय सभामा साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारीले ‘ग्लोबल स्कुल अवार्ड’ अन्तर्गत ‘बेस्ट प्रिन्सिपल २०२०’ प्राप्त गर्नु भएको थियो ।

    कोभिड १९ को असरले विद्यालयहरू बन्द रहेको अवस्थामा स्कुलले गरेको शैक्षिक गतिविधि समेतलाई आधार बनाई उक्त अवार्ड साउथवेस्टन स्कुललाई प्रदान गरिएको हो । स्कुलले भर्चुअल शिक्षण प्रक्रियामा अपनाएका शिक्षण पद्धतिहरू, परियोजनामूलक कार्य, श्रव्यदृष्य कक्षा, मौखिक तथा लिखित नियमित मूल्याङकन पद्धति, विद्यालयको भौतिकपूर्वाधार, विद्यालयका उपलब्धि आदिलाई मूल्यङ्कनको आधार बनाइएको थियो । स्कुलले एक पछि अर्को अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेकोले स्कुल अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा दिन सफल रहेको पुष्टि भएको कुरा स्कुल सञ्चालन समितिका अध्यक्ष टीकाराम महराले बताए । शिक्षा क्षेत्रमा लामो समयदेखि आवद्ध व्यक्तिहरूबाट सञ्चालित साउथवेस्टनले प्ले ग्रुपदेखि पी. एच. डी. सम्मको शिक्षाप्रदान गर्दै आएको छ ।

    88888888.jpg

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij