बुधबार, साउन २१ गते २०८२ Aug 06 2025 Wednesday
images
images

मिस युनिभर्स नेपाल २०२३ को ताज जेन दीपिका ग्यारेट


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/4615
    भदौ २८, २०८० बिहीबार
    मिस युनिभर्स नेपाल २०२३ को ताज जेन दीपिका ग्यारेट

    काठमाडौं । राजधानीमा हालै सम्पन्न एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को ताज जेन दीपिका ग्यारेटले चुमेकी छन्। 

    गोदावरी सनराइज सम्मेलन आयोजित अन्तिम स्पर्धामा २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि चुमेकी हुन्।

    उपाधि जितेसँगै दीपिकाले आगामी नोभेम्बरमा एल साल्भाडोरमा हुने ७२औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन्। केही समयअघि अमेरिकाबाट फर्किएकी उनी काठमाडौंमा बसोवास गर्दै आएकी छन्। २२ वर्षीया दीपिकाले मानसिक स्वास्थ्य, सकारात्मकता र हर्मोन स्वास्थ्यको पक्षमा आवाज उठाउँदै आएकी छन्। 

    मिस युनिभर्स नेपाल २०२३ की विजेता मिस जेन दीपिका ग्यारेटलाई एसियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर जी. गोपालकृष्णनले पुरस्कार प्रदान गरेका थिए। गोपालकृष्णनले मिस युनिभर्स नेपालस“ग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै मिस युनिभर्स नेपाल २०२३ को मुख्य प्रायोजक भएर केवल बाहिरी सौन्दर्यको नभई आन्तरिक सिर्जना र स्टाइलको पनि उत्सव मनाउने लक्ष्य राखेको जनाए। 

    प्रतियोगितामा गरिमा घिमिरे, बुद्धिसारा सुनार, शिताश्मा पोखरेल र अभिलाषा लम्साल क्रमशः फस्ट,  सेकेन्ड, थर्ड र फोर्थ रनर्सअप भएका छन्।

    कार्यक्रममा एसियन पेन्ट्सले प्रतियोगिताको अन्तिम चरणमा रोयल ब्लिङ मिस ड्याजलिङ डिभा र रोयल प्ले मिस क्रियटिभ क्यानभासको टाइटल पुरस्कार पनि प्रदान गरेको थियो। रोयल ब्लिङ मिस ड्याजलिङ डिभाको टाइटल मिस शिताष्मा पोखरेल र रोयल प्ले मिस क्रियटिभ क्यानभासको टाइटल डा. अमिषा बस्नेतले चुमेका छन्।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij