शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

कोशी प्रदेश- सभामुखमा राप्रपाको दाबी


  • 775
    SHARES
  • https://indrenipost.com/posts/5601
    पुष ४, २०८० बुधबार
    कोशी प्रदेश- सभामुखमा राप्रपाको दाबी

    काठमाडौं । कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सभामुख पदमा दाबी गरेको छ ।

    ९३ सदस्यीय सभामा ६ सिट रहेको राप्रपाले सभामुख पदमा दाबी गरेको हो ।

    राप्रपाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूसँग सभामुख आफ्नो दललाई दिन आग्रह गरिएको बताए ।

    राप्रपाले सभामुख पाए हालको गठबन्धन सरकार सुरक्षित हुने र प्रदेश सभाको स्थायित्व पनि सुनिश्चित हुने सिटौलाले बताए ।

    राप्रपाबाट अम्बरबहादुर विष्टलाई सभामुखमा अघि सार्ने तयारी गरिएको छ ।

    प्रदेशसभाको आगामी बैठक पर्सि शुक्रबार बोलाइएको छ ।

    कोशीमा हाल कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन् । उनलाई मुख्यमन्त्री बनाउन सघाएको एमालेले भने सरकार छाडिसकेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij