आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग


  • 604
    SHARES
  • https://indrenipost.com/posts/5682
    पुष ८, २०८० आइतबार
    स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग

    सुर्खेत । सुर्खेत वीरेन्द्रनगर–३ का मानकुमारी विकका ३० वसन्त बितेका छन् । उनी बेलाबेलामा वैदेशिक रोजगारीका निम्ति भारत जान्छन् । उनी पाककलामा पारंगत हुनुहुन्छ तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्छन् । उनको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश विदेशिनु परेको छ ।

    छोराछोरीको शिक्षा, दीक्षा र लालनपालनका लागि भारत जानुको विकल्प आफूसँग नरहेको मानकुमारी बताउँछिन् । उनी भन्छिन्, ’मैले होटेल सञ्चालन गर्न ‘कुक’को काम जानेको छु तर लगानी गर्ने ल्याकत नहुँदा विदेशिनुपर्ने बाध्यता छ सीप भएर मात्र नहुने रहेछ ।’

    स्वदेशमै व्यवसाय गर्ने वातावरण बनाउन मानकुमारी सरकारसँग माग गर्छिन्, ‘म स्देशमै बसेर आफूले जानेको सीप प्रयोग गर्न चाहन्छु । त्यसका लागि मलाई सहयोग चाहिएको छ, यसमा वीरेन्द्रनगर नगरपालिकाले ध्यान दिनुपर्यो, उनले भनिन् । 

    मानकुमारीजस्तै वडा नं.–३ की धना नेपालीले पनि सिलाइबुनाइसम्बन्धी सीप जानेकी छिन् । उनले पनि आफ्नो सीप प्रयोग गर्ने वातावरण पाएकी छैनन् । धनाको परिवारको आर्थिक अवस्था कमजोर छ । 

    रोगका कारण श्रीमान् काम गर्न नसक्ने अवस्थामा छन् । घरपरिवारको जिम्मेवारी धनाको काँधमा छ । स्वदेशमै रोजगारीका लागि अनेक प्रयास गरे पनि नपाएपछि उनी पनि भारतमै गएर रोजगारी गर्छिन् । चार छोराछोरी, रोगी श्रीमानका लागि धनाले भारतमा मजदुरी गर्नुको विकल्प छैन ।

    ‘मैले सिलाइबुनाइको काम जानेको छु तर यहाँ काम नपाउँदा भारतमा मजदुरी गर्न बाध्य छु । एक वर्ष दुःख गरेर भर्खरै आएकी हुँ, उता कमाइ राम्रो हुँदैन, आफूले जानेको सीपको स्वदेशमै उपयोग गर्ने वातावरण बनाइदिनुपर्यो,’, धनाले राज्यको ध्यानाकर्षण गराउँदै भनिन् । 

    धनामात्रै होइन अन्य युवाले स्वदेशमै गरिखाने वातावरण सिर्जना गरिदिन सरकारसँग माग गरेका छन् । उनीहरूले नजानेकालाई सीप सिकाउने र सीप जानेकालाई काम गर्ने वातावरण सृजना गर्न माग गरेका छन् । 

    विश्व आप्रवासन दिवसका अवसरमा वीरेन्द्रनगरमा शनिबार भएको एक कार्यक्रममा सहभागी युवाले सीप र उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न सके स्वदेशमै स्वरोजगार बन्न सकिने बताए । 

    पछिल्लो समय वैदेशिक रोजगारीका कारण असुरक्षा र आपराधिक घटना बढ्दै गएको भन्दै उनीहरूले त्यसतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिएका छन् । वैदेशिक रोजगारीमा पुरुषभन्दा महिला बढी सुरक्षा जोखिममा रहेका सहभागीको भनाइ थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij