शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

कोशीको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित


  • 649
    SHARES
  • https://indrenipost.com/posts/5929
    पुष २४, २०८० मंगलबार
    कोशीको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित

    कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

    मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

    सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिने निर्णय गरेको थियो । विपक्षी नेकपा (एमाले)ले पनि सभामुखमा उम्मेदवारी नदिएपछि विष्ट निर्विरोध भएका हुन् ।

    उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij