काठमाडौं । देशभरका चलचित्र हल सोमबार बन्द हुने भएका छन् ।
चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् ।
केही दिनअघि नेपाल चलचित्र संघले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो ।
यो निर्णयको समर्थन गर्दै क्यूएफएक्स मल्टिप्लेक्सले पनि हल बन्द हुने जनाएको छ ।