शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कोरोना कहर

पछिल्लो चौबीस घण्टामा १६ जनाको मृत्यु, १४८६ जनामा कोरोना संक्रमण पुष्टि


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/642
    भदौ २८, २०७८ सोमबार
    पछिल्लो चौबीस घण्टामा १६ जनाको मृत्यु, १४८६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार  १२ हजार ५३२ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १४९  र चार हजार ७ जनाको एन्टीजेन परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर एक हजार २६० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १६ एक जना संक्रमितको मृत्यु भएको छ ।

    देशभर २६ हजार ६३० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार ९५८ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ६७२ संक्रमित छन् भने  ४७५ जना आइसियुमा र १३४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २६२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना कहर
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij