जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने भएका छन् ।
जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आफूमाथि बहुमत प्रदेशसभा सदस्यको समर्थन कायम रहेको देखाउन आइतबार विश्वासको मत लिन लागेका हुन् ।
सरकारलाई दिएको समर्थन फिर्ता गरेको कुनै पनि दलले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि बहुमत सिद्ध गर्न तीस तीनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यावस्था छ ।
मुख्यमन्त्री कार्यालयले विश्वासको मत लिने जानकारी गराएपछि प्रदेशसभा सचिवालयले आइतबार दिउँसो दुई बजे बैठक बोलाएको छ ।
सोही बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मतका लागि दलहरुसमक्ष प्रस्ताव गर्ने छन् ।
दुई मन्त्रालयसहित मधेस प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टीले माघ ९ गते सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री यादवसँग स्पष्ट बहुमत छ ।