मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

२०८ बल बाँकी छँदै नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटले विजयी


  • 451
    SHARES
  • https://indrenipost.com/posts/6724
    फागुन ५, २०८० शनिबार
    २०८ बल बाँकी छँदै नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटले विजयी

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेकाे छ ।

    पहिलो खेलमा बिहीबार नामिबियासँग हारेको नेपालले दोस्रो खेलमा सजिलै नेदरल्याण्ड्सलाई हराएको हो । त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सबाट पाएकाे १ सय ३८ मध्यम लक्ष्य नेपालले १५ ओभर ई बलमा एक विकेटकाे क्षतिमै भेट्टायाे ।

    शानदार ओपनिङ गरेका कुशल भुर्तेल ११ बलमा २८ रन जोडेर आउट भएका थिए । अनिल साहले ५७, आसिफ शेखले ५४ रनकाे योगदान गरे । त्यसअघि ३९ ओभरमा अलआउट हुँदै नेदरल्याण्ड्सले १ सय ३७ रन बनाएको थियो ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट हुँदा कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । ४९ बलको सामना गरेका उनले १ चौका प्रहार गरे । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबचर्टले २३ रन बनाए ।

    नोआ क्रोएसले १२ रन बनाउन सफल भए । म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे । स्पिनर चम्किँदा नेपालले आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्‍याे ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट हुँदा कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । ४९ बलको सामना गरेका उनले १ चौका प्रहार गरे । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबचर्टले २३ रन बनाए । नोआ क्रोएसले १२ रन बनाउन सफल भए ।

    म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे । नेपालका लागि पार्ट टाइम स्पिनर कुशल भुर्तेलले ४ विकेट लिए । फूल टाइम बलर ललित राजवंशीले २ विकेट लिए ।

    बलिङ अलराउन्डर सोमपाल कामी र कप्तान रोहित पौडेलले १–१ विकेट लिए । टस जितेको नेपालले फिल्डिङ रोजेर राम्रो सुरुवात गरेको थियो । सोमपाल कामीले तेस्रो बलमा माइकल लेभिटलाई शून्य रनमा आउट गर्दा नेपालले राम्रो सुरुवात गर्‍याे ।

    नेदरल्यान्ड्सका म्याक्स ओ डाओड १० रन बनाएर छैटौ ओभरमा रन आउट भए । त्यसपछि १६ औं ओभरमा साइब्रान्डलाई ललित राजवंशीले आउट गरे । आफ्नो दोस्रो विकेटको रुपमा ललितले बास डे लिडेको विकेट लिए ।

    नेदरल्यान्ड्सका नोआ क्रोएस २६ औं ओभरमा १२ रन बनाउँदा रनआउट हुन पुगे । त्यसपछि शून्य रन बनाएका वेस्ले बरेसीलाई कुशल भुर्तेलले आउट गराए । त्यसपछि नेपालका कप्तान पौडेलले १ रन बनाउका शरिज अहमदको विकेट लिए ।

    नेपालका भुर्तेलले आठौं सफलता दिलाउने क्रममा आर्यन दत्तको विकेट लिए । त्यसपछि ३३ रन बनाएका नेदरल्यान्ड्सका कप्तान एडवर्डको विकेट पनि भुर्तेलले नै लिए । चौथो विकेट लिने क्रममा भुर्तेलले भिभियन किंग्मालाई आउट गरे । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij