मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटालाई


  • 352
    SHARES
  • https://indrenipost.com/posts/6744
    फागुन ६, २०८० आइतबार
    शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटालाई

    महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ ।

    शनिबार फाइनल खेलमा दोधारा चाँदनी नगरपालिकाको टिमलाई सुपरओभरमा पराजित गर्दै शुक्लाफाँटा नगरपालिकाले उपाधि जितेको हो ।

    उपाधि विजेता टिमलाई समापन समारोहमा शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले नगद रु एक लाख एक हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरे । 

    त्यसैगरी उपविजेता दोधारा चादँनीको टिम रु ५१ हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कत भएको आयोजक कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

    प्रतियोगिताको फाइनल खेलमा १९ दशमलव पाँच ओभरको समाप्तिमा शुक्लाफाँटाले सबै विकेट गुमाउँदै एक सय २४ रनको लक्ष्य दोधारा चाँदनीसामु प्रस्तुत गरेको थियो ।

    शुक्लाफाँटाका लागि विशाल ऐरले २४ बलमा २९ रन र कैलाश ऐरले २८ बलमा २८ रन बनाएका थिए भने टिमका लागि प्रकाश थापाले तीन विकट लिएका थिए । एक सय २४ रनको विजयी लक्ष्य पछ्याएको दोधारा चाँदनीले १९ दशमलव चार ओभरमा एक सय २४ रन बनाएपछि खेल ड्र भएको थियो ।

    त्यसपछिको सुपरओभरमा शुक्लाफाँटाले जित निकालेको आयोजकले जानकारी दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij