मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

क्यानडाले दियो दुई सय ४१ रनको लक्ष्य


  • 559
    SHARES
  • https://indrenipost.com/posts/6781
    फागुन ८, २०८० मंगलबार
    क्यानडाले दियो दुई सय ४१ रनको लक्ष्य

    काठमाडौं । क्यानडा-११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले जितका लागि दुई सय ४१ रनको लक्ष्य पाएको छ ।

    माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा-११ ले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै दुई सय ४० रनको योगफल बनायो ।

    क्यानडाका लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ८२ बल खेल्न क्रममा पाँच चौका प्रहार गरे । त्यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रनको योगदान दिए ।

    डिलोन हेलिगरले १६ रन बनाए । बलिङतर्फ नेपालका साहब आलमले तीन विकेट लिए भने शेर मल्ल र रासिद खानले समान दुई÷दुई विकेट लिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले समान एक÷एक विकेट लिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij