काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा नामिबियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । आज विकेट पनि परिवर्तन भएको छ ।
आज दोस्रो विकेटमा खेल भएको छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेञ्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् ।
यसअघिको खेलमा नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो ।