काठमाडौं । नामिबियाविरुद्ध बलिङ गरिरहेको नेपालले १३औँ ओभरको पहिलो बलमा तेस्रो विकेट लिएको छ ।
आक्रामक ब्याटिङ गरिरहेका नामिबियाका मिचेल भान लिङ्गेनलाई कुशल मल्लले आउट गराएका हुन् । नेपालले पाँचौँ ओभरको पहिलो बलमा नामिबियाको दोस्रो विकेट लिएको थियो ।
कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ४.१ ओभरमा बोल्डआउट गराएका थिए । नेपालले दोस्रो ओभरमा नामिबियाको पहिलो विकेट लिएको थियो । १.४ ओभरमा नामिबियाका निकोलस डाविन रनआउट भएका थिए ।
यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरको खेलमा नेपालले १६८ रन बनाउँदै ३७.१ ओभरमा अलआउट भएको थियो ।