मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

नेपाल नामिबियासँग पराजित


  • 577
    SHARES
  • https://indrenipost.com/posts/6813
    फागुन ९, २०८० बुधबार
    नेपाल नामिबियासँग पराजित

    काठमाडौं । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।  

    नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।  

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुदै १६८ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए ।

    त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए ।

    त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२  रन बनाए ।  

    त्यसैगरी नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४ विकेट लिएका थिए ।  

    यो जितपछि लिग-२ मा नामिबियाको ३ खेलमा ४ अंक भएको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।  

    अब लिग-२ को यस सिरिजको अर्को खेल आगामी शुक्रबार नामिबियाले नेदरल्याण्डसको सामना गर्ने छ ।  

    लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।       

    आईसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij