मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै


  • 460
    SHARES
  • https://indrenipost.com/posts/6818
    फागुन १०, २०८० बिहीबार
    वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

    काठमाडौं । नेपालले साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल्दैछ ।

    यस प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेलमा इराकको सामना गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुँदैछ ।

    नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरको जित हासिल गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको थियो भने पहिलो खेलमा इराक भने प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।   

    समुह बी अन्तर्गत नै आज सिरिया र प्यालेस्टाइनबीचको खेल पनि हुँदैछ । यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइरहेका छन् ।

    नेपाल रहेको समूह बि मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् । नेपालले समुह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने तालिका रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij