मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

नेपाल ए विरुद्धको सिरिज क्यानडा-११ ले जित्यो


  • 568
    SHARES
  • https://indrenipost.com/posts/6835
    फागुन १०, २०८० बिहीबार
    नेपाल ए विरुद्धको सिरिज क्यानडा-११ ले जित्यो

    काठमाडौं । क्यानडा- ११ ले नेपाल ए विरुद्धको सिरिज जितेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै क्यानडा-११ ले सिरिज २-१ ले जितेको हो ।

    नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडा-११ ले ३८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले ४७ ओभरमा अलआउट हुदै १८१ रन बनाएको थियो ।

    नेपाल ए का लागि आसुतोष घिरैयाले सर्बाधिक २८ रन बनाए भने अर्जुन कुमालले २७, बशीर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २०, रशिद खान र प्रतिश जिसीले १९-१९ रन बनाएका थिए ।

    क्यानडा-११ का बलर निकोलस किर्तोन, डिलोन हेयलिगेर र हर्ष ठाकरले २-२ विकेट लिएका थिए । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर सिरिज खेलेको हो ।    

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij