मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

आईसीसी क्रिकेट विश्वकप लिग-२ : आज नामिबिया र नेदरल्याण्डबीच प्रतिस्पर्धा


  • 352
    SHARES
  • https://indrenipost.com/posts/6839
    फागुन ११, २०८० शुक्रबार
    आईसीसी क्रिकेट विश्वकप लिग-२ : आज नामिबिया र नेदरल्याण्डबीच प्रतिस्पर्धा

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्याण्डबीच खेल हुँदैछ ।  

    त्रिभुवन विश्वविधालय, किर्तिपुर मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि शुरु हुँदैछ ।   लिग-२ को जारी सिरिजमा नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ ।

    नामिबियाले नेपालविरुद्धको दुवै खेल जितेको छ भने नेदरल्याण्डससँगको खेलमा हार बेहोरेको थियो ।  

    त्यस्तै नेदरल्याण्डसले नामिबियालाई जिते पनि नेपालसँग हार बेहोरेको थियो । नेदरल्याण्डस र नामिबियाबीच अहिलेसम्म केवल २ एक दिवसीय खेल भएका छन् ।

    जसमा दुवै खेल नेदरल्याण्डसले जितेको छ । लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।       

    आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

    यो खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ ।               

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij