आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

विद्युत् प्राधिकरण

काठमाडौंका यी स्थानहरूमा आज ४ घण्टा विद्युत् आपूर्ति प्रभावित हुने


  • 649
    SHARES
  • https://indrenipost.com/posts/7038
    फागुन १९, २०८० शनिबार
    काठमाडौंका यी स्थानहरूमा आज ४ घण्टा विद्युत् आपूर्ति प्रभावित हुने

    काठमाडौं । आज पनि काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको हो ।

    विद्युत प्राधिकरणका अनुसार आज हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको सेवा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध हुनेछ ।

    २० गते एभरेष्ट बैंक लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवी, २१ गते गोल्फुटार पेट्रोलपम्प देखि बसुन्धारा र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

    प्रतिकुल अवस्था नभएको खण्डमा भने यति लामो समय विद्युत सेवा बन्द नहुने प्राधिकरणले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij