शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान


  • 478
    SHARES
  • https://indrenipost.com/posts/7125
    फागुन २३, २०८० बुधबार
    कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान

    काठमाडौं । कर्णालीका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । परियारले यही फागुन ३० गते दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सिफारिस भएबमोजिम परियारले मंगलबार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

    प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारको (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम प्रदेश सभाको मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गर्ने प्रावधान छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij