शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

तीन मन्त्री थपिए पनि सुदूरपश्चिम सरकार अल्पमतमा


  • 658
    SHARES
  • https://indrenipost.com/posts/7158
    फागुन २६, २०८० शनिबार
    तीन मन्त्री थपिए पनि सुदूरपश्चिम सरकार अल्पमतमा

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    मुख्यमन्त्री शाहले शुक्रबार नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

    नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला, खुसीराम चौधरी सामाजिक विकास मन्त्रालय र इन्दिरा गिरीले कृषि राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

    शुक्रबार नै शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी भएको बताइएको छ । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह नेकपा (माओवादी केन्द्र)ले साथ छोडेसँगै अल्पमतमा परेका छन् ।

    यसर्थ उनले मन्त्रिपरिषदमा स्वतन्त्र सासद डा तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का खेमादेवी विष्टलाई पनि समावेश गर्ने गरी सहमति जुटेको बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij