शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कोरोना कहर

१८ वर्षमुनिकालाई लगाउने कोरोना खोप चाँडै ल्याइँदै


  • 2.8K
    SHARES
  • https://indrenipost.com/posts/726
    असोज ३, २०७८ आइतबार
    १८ वर्षमुनिकालाई लगाउने कोरोना खोप चाँडै ल्याइँदै

    काठमाडौं । कोरोनाविरुद्ध १८ वर्षभन्दा माथिका नागरिकलाई मात्र खोप लगाइरहेको सरकारले १२ देखि १८ वर्षभित्रका बालबालिकाका लागि पनि चाँडै यस्तो खोप ल्याउने तयारी गरिरहेको छ । 

    स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार आगामी पुस मसान्तभित्र खोप ल्याइसक्ने योजना छ। १२ देखि १८ वर्षभित्रका बालबालिकाका लागि कोरोनाविरुद्ध खोप खरिदको प्रक्रिया अघि बढाइसकिएको मन्त्रालयका अधिकारीले जनाएका छन् । 

    ४० लाख मोडर्ना र थप फाइजरका खोप केही महिनाभित्रै आइपुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् । 

    मन्त्रालयका अनुसार हालसम्म नेपालका १८ वर्षभन्दा माथिका ६० लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा तथा ५५ लाखभन्दा बढी नागरिकले दुवै डोज लगाइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij