मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’ प्रदान


  • 748
    SHARES
  • https://indrenipost.com/posts/7366
    चैत १०, २०८० शनिबार
    तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’ प्रदान

    काठमाडौं । वानीरा फाउन्डेसनले सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीनजना स्रष्टालाई सम्मान गर्ने भएको छ ।

    सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा.पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ दिने निर्णय भएको छ ।

    त्यस्तै नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्यभूषणमदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ दिने निरन्य भएको छ । यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् ।

    साथै कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत अनिता तुलाधरलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ दिने निर्णय भएको फाउन्डेसनका सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन् ।

    नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको ८१ औँ जयन्तीका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंको मीनभवनस्थित वानीरा फाउन्डेसनको सभाकक्षमा यी पुरस्कारहरु वितरण गरिने सचिव प्रसाईले जानकारी गराएका छन् ।

    वानीरा फाउन्डेसनका संस्थापक, संरक्षक तथा दाता ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको उनले बताए ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij