काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले सनराइजर्स हैदरावाद (एसआरएच) लाई पराजित गरेको छ ।
अस्ट्रेलियका प्याट कमिन्सको नेतृत्वमा रहेको एसआरएचले श्रेयस ऐय्यरको नेतृत्वमा रहेको केकेआरसँग ४ रनको पराजय व्यहोरेको हो । पहिले ब्याटिङ गरेको केकेआरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो ।
२०९ रनको विजय लक्ष्य पछ्याएको एसआरएच निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रनमा समेटियो त्यस्तै शनिबार नै भएको अर्को खेलमा पञ्जाब किङ्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । १७५ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेटको क्षतिमा ४ बल बाँकी रहँदै उक्त लक्ष्य भेट्टाएको हो ।
आईपीएलअन्तर्गत आज पनि दुई खेल हुँदै छ । आज दिँउसो पौने ४ बजे हुने खेलमा लखनउ सुपर जायन्टसले राजस्थान रोयल्सको सामना गर्नेछ । त्यस्तै राति पौने ८ बजे हुने खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई चुनौती दिँदै छ ।