मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

आज आयरल्यान्ड वुल्भ्सविरुद्ध खेल्दै नेपाल


  • 487
    SHARES
  • https://indrenipost.com/posts/7395
    चैत १२, २०८० सोमबार
    आज आयरल्यान्ड वुल्भ्सविरुद्ध खेल्दै नेपाल

    काठमाडौं । पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा आएको आयरल्यान्ड वुल्भ्सले आज नेपालसँग पहिलो ट्वान्टी–२० खेल खेल्दै छ ।

    आयरल्यान्ड वुल्भ्ससँग नेपाली टिम पहिलो र दोस्रो ट्वान्टी–२० खेलमा रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रिने छ । यसपछिका तीन ट्वान्टी–२० र एकदिवसीय शृंखला भने आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले खेल्नेछ ।

    जसको कप्तानी विनोद भण्डारीले गर्नेछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । आयरल्यान्ड वुल्भ्ससँग नेपालले सोमबार पहिलो खेलपछि चैत १३ गते दोस्रो, १५ गते तेस्रो, १६ गते चौथो र चैत १८ गते पाँचौँ खेल खेल्नेछ ।

    तीन एकदिवसीय खेल चैत २१, २३ र २५ गते हुनेछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो ।

    नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij