शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित


  • 532
    SHARES
  • https://indrenipost.com/posts/7399
    चैत १२, २०८० सोमबार
    एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

    सुर्खेत । एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई हराउँदै देवकोटा निर्वाचित भएका हुन् ।

    देवकोटाले जम्मा ३५१ मत प्राप्त गर्दा बिसीले १३२ मत मात्रै प्राप्त गरे । यस्तै, पदाधिकारीमा पनि देवकोटाकै प्यानल विजयी भएको छ । यद्यपि, नर्वाचन कमिटीले नतिजा सार्वजनिक गर्न भने बाँकी छ ।

    उपाध्यक्षमा देवकोटा प्यानलका मोहनबहादुर बडुवाल ३४६ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी बिसी प्यानलका ताराकेशर गौतमले जम्मा १३० मत प्राप्त गरेका छन् ।

    यस्तै, सचिवमा देवकोटा प्यानलका डम्बर तिवारीले २९१ मत ल्याउदै निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले १८९ मत प्राप्त गरेका छन् । उप-सचिव खुलामा टिकाराम सोमै र उपसचिव महिलामा सुशीला विश्वकर्मा निर्वाचित भएका छन् ।

    टिकारामले ३२४ मत र सुशीलाले ३३५ मत प्राप्त गरेका छन् । यस्तै, टिकारमका प्रतिद्वन्द्वी बिसी प्यानलका हरिप्रसाद अधिकारीले १३४ मत र तृप्ती विश्वकर्माले १३३ मत प्राप्त गरेका छन् ।

    नेकपा (एमाले) सुर्खेतको नवौँ अधिवेशनबाट नयाँ नेतृत्वका लागि आइतबार दिउँसो १२ बजेदेखि मतदान भएको थियो । १२ बजेदेखि सुरू भएको मतदान प्रक्रिया बेलुका ६ बजेसम्म सकिएको थियो ।

    त्यसपछि मतगणना आइतबार रातिदेखि सुरू गरिएको थियो । पाँच पदाधिकारीसहित अन्य सदस्यहरूका लागि भएको निर्वाचनमा कुल ४९५ मतदाता मध्ये ४८६ जना मतदाताले मतदान गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij