मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

आयरल्यान्ड वुल्भ्ससँग नेपालको दोस्रो खेल खेल्दै


  • 541
    SHARES
  • https://indrenipost.com/posts/7404
    चैत १३, २०८० मंगलबार
    आयरल्यान्ड वुल्भ्ससँग नेपालको दोस्रो खेल खेल्दै

    काठमाडौं । पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा आएको आयरल्यान्ड वुल्भ्ससँग आज नेपालले दोस्रो ट्वान्टी–२० खेल खेल्दै छ ।

    खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको थियो ।

    सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो ।

    नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।

    आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij