मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

नेपाली महिला क्रिकेट टिमले एसिया कप खेल्ने, भारत र पाकिस्तान एकै समूहमा


  • 550
    SHARES
  • https://indrenipost.com/posts/7415
    चैत १३, २०८० मंगलबार
    नेपाली महिला क्रिकेट टिमले एसिया कप खेल्ने, भारत र पाकिस्तान एकै समूहमा

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सामाजिक सञ्जालमार्फत नेपाली महिला टिमले एसिया कप खेल्ने जनाएको हो ।

    यसअघि मलेसियामा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा घरेलु टिमसँग पराजित भएपछि नेपालले एसिया कपमा छनोट हुने अवसर गुमाएको थियो ।

    उक्त प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मलेसिया र युनाइटेड अरब इमिरेट्स (यूएई) ले सोझै एसिया कपमा स्थान बनाएका थिए । तर, एसीसीले एसिया कपमा प्रतिस्पर्धा गर्ने टिमको संख्या आठ पु¥याएपछि प्रिमियर कपको सेमिफाइनल पुगेका चारै टिम छनोट भएका हुन् ।

    प्रिमियर कपको सेमिफाइनलमा नेपाललाई मलेसियाले हराउँदा यूएईले थाइल्यान्डलाई हराएको थियो । एसीसीको नयाँ संरचनाअनुसार नेपाल र थाइल्यान्डले प्रतियोगितामा स्थान बनाएका हुन् ।

    महिला एसिया कपको नवौँ संस्करण श्रीलंकामा हुने तय भएको छ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र यूएई समूह ‘ए’ मा छन् । यस्तै, समूह ‘बी’ मा मलेसिया, बंगलादेश, श्रीलंका र थाइल्यान्ड छन् ।

    नेपालले जुलाई १९ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसपछि नेपालले जुलाई २१ मा यूएई र जुलाई २३ मा भारतविरुद्ध खेल्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij