काठमाडौं । घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिलो खेल खेल्दै छ ।
यसअघि आयरल्यान्ड वुल्भ्सले रोहितकुमार पौडेलको कप्तानिमा रहेको नेपाली राष्ट्रिय टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो ।
दुवै खेलमा हार व्यहोरेको आयरल्यान्ड वुल्भ्स आज पहिलो जितको खोजीमा हुनेछ । वुल्भ्सविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा उत्रिनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण रद्ध भएको थियो ।