मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

गुजरातविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी


  • 703
    SHARES
  • https://indrenipost.com/posts/7466
    चैत १८, २०८० आइतबार
    गुजरातविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

    काठमाडौं ।: त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत भारतको गुजरात विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।

    नेपालले गुजरातलाई आठ विकेटले हराएको हो । गुजरातको वापीमा नेपालले आज टस जित्दै पहिला फिल्डिङ रोजेको थियो ।

    गुजरातले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १८ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर ९८ रन बनायो ।

    गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ रन बनाए । यस्तै हेमाङ्ग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाइले ११ तथा स्मित पटेलले १० रन बनाए ।

    बलिङतर्फ नेपालका गुल्सन झाले चार, करण केसीले तीन तथा सोमपाल कामीले एक विकेट लिए । नेपालले ९९ रनको विजयी लक्ष्य १५ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पुरा ग¥यो ।

    नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ३३ रन बनाए । यस्तै अनिलकुमार साहले अविजित ३२, कुशल भुर्तेलले १७ तथा आसिफ शेखले १६ रन बनाए ।

    बलिङतर्फ गुजरातका हेमाङ्ग पटेल र तेजस पटेलले एक एक विकेट लिए । नेपालले दोस्रो खेल मङ्गलबार भारतको बरोडा क्रिकेट सङ्घसँग खेल्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij