मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

नेपाल ए र आयरल्याण्ड उल्भ्सबीचको अन्तिम टी-ट्वेन्टी आज


  • 406
    SHARES
  • https://indrenipost.com/posts/7469
    चैत १९, २०८० सोमबार
    नेपाल ए र आयरल्याण्ड उल्भ्सबीचको अन्तिम टी-ट्वेन्टी आज

    काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेल आज हुँदै छ । एक खेलअगावै सिरिज गुमाइसकेको नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ ।

    खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजे शुरू हुनेछ । तेस्रो खेलका लागि मैदान उत्रँदा नेपालले मध्य र तल्लो क्रमका सुधारिएको ब्याटिङ प्रदर्शन, उत्कृष्ट फिनिसिङ र डेथ ओभर बलिङमा सुधार गर्नुपर्नेछ ।

    निकै नाटकीय बनेका नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचका दुवै खेलमा नेपालले अप्रत्यासित हार बेहोर्यो । मध्य र तल्लो क्रममा ब्याटरहरु फिनिसिङमा चुक्दा र खराब डेथ बलिङका कारण नेपालले खेल गुमायो ।

    खेलमा केही युवा खेलाडीले यस दौरान प्रभावशाली प्रदर्शन गरे । तर दबाबमा टिम पफर्मेन्स राम्रो नहुँदा र प्राप्त अवसरलाई उपयोग गर्न नसक्दा नेपाल नतिजा सुम्पन पुग्यो । दुवै खेलमा नेपालले लामो समय खेललाई आफ्नो पक्षमा पारेको थियो ।

    अब नेपाल आज सिरिज क्लिनस्विप हुन नदिने लक्ष्यसहित मैदान उत्रनेछ । टी–ट्वेन्टी सिरिजपछि दुवै टोलीले एकदिवसीय सिरिज खेल्नेछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij