सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

आरिफको ब्याटिङमा नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सलाई दियो २१४ रनको लक्ष्य


  • 514
    SHARES
  • https://indrenipost.com/posts/7475
    चैत १९, २०८० सोमबार
    आरिफको ब्याटिङमा नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सलाई दियो २१४ रनको लक्ष्य

    काठमाडौं । आरिफ सेखको आक्रामक ब्याटिङप्रेरित नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध अन्तिम ट्वान्टी–२० खेलमा २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१३ रनको योगफल खडा गर्‍यो ।

    नेपालबाट आक्रामक रूपमा प्रस्तुत भएका आरिफले अविजित ९३ रन बनाए । उनले ४८ बलमा सात चौका र ६ छक्का प्रहार गरे ।

    आरिफले ३३–३ को स्थितिबाट बसिर अहमेदसँग चौथो विकेटका लागि ४७ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासे ।

    बसिरले स्कोरबोर्डमा १९ रन थपे । नवौँ नम्बरमा ब्याटिङमा लागि आएका कमलसिंह ऐरीले आरिफसँग अन्तिममा आठौँ विकेटका लागि ४६ रनको साझेदारी गरेपछि नेपालले २०० रनको आँकडा पार गरेको हो ।

    आरिफसँगै अविजित रहेका कमलले सात बलमा दुई चौका र एक छक्कासहित १९ रन जोडे । यसबाहेक, राशिद खानले २४, पवन सर्राफले १३, र कप्तान विनोद भण्डारीले ११ रन बनाए ।

    आयरल्यान्डका फियोन ह्यान्डले दुई विकेट लिए । गाभिन होइ, म्याथ्यु फोस्टर, ग्यारेथ डेलानी र लियन म्याकार्थीले समान एक विकेट लिए । यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको वुल्भ्सले शृंखलाको उपाधि जितिसकेको छ ।

    आजको खेलमा पनि जित निकाले वुल्भ्सले नेपाल ‘ए’ विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ । विनोदको कप्तानीमा रहेको नेपाल ‘ए’ भने आज जितसहित शृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।

    ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij