काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले मंगलबार एसएमएस फ्रेन्डसिप कपअन्तर्गत दोस्रो खेल बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दै छ ।
खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजेदेखि शुरू हुने छ । एसीसी प्रिमियर कप र टी–२० विश्वकपको तयारीस्वरूप नेपालले गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग टी–२० फ्रेन्डसिप कप खेलिरहेको हो ।
गुजरातसँगको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो । गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
भारत भ्रमणमा निसक्नुअघि नेपालले घरेलु मैदानमा आयरल्यान्ड उल्भ्ससँग दुई खेलको टी–२० शृंखला खेलेको थियो । गत सोमबार सम्पन्न पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।
गत मंगलबार सम्पन्न दोस्रो तथा अन्तिम खेलमा पनि ७१ रनको जित हासिल गर्दै नेपालले शृंखला २–० ले क्लिन स्वीप गरेको थियो । फ्रेन्डसिप कप खेल्न नेपाली टोली गत बिहीबार गुजरात प्रस्थान गरेको थियो ।
नेपालले फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेल बुधबार पुन: गुजरातसँग खेल खेल्ने छ । शुक्रबार बरोडासँग पुन: खेल्दै नेपालले फ्रेन्डसिप कपअन्तर्गतका समूह चरणका खेल सकाउने छ ।
समूह चरणमा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन्। फाइनल खेल चैत २५ गते हुने छ ।