शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

राजनीति

केन्द्रको निर्देशनबारे छलफल गर्न सुर्खेत माओवादी संसदीय दलको बैठक बस्दै


  • 568
    SHARES
  • https://indrenipost.com/posts/7483
    चैत २०, २०८० मंगलबार
    केन्द्रको निर्देशनबारे छलफल गर्न सुर्खेत माओवादी संसदीय दलको बैठक बस्दै

    सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले)लाई दिने केन्द्रीय सत्ता गठबन्धनभित्र भएको सहमतिका बीच यहाँ माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक बस्दै छ ।

    सोमबार भएको सहमतिअनुरूप प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले पार्टीको कर्णाली कमिटीलाई प्रदेश सरकारको नेतृत्व छाड्न टेलिफोनबाट निर्देशनसमेत दिइसकेका छन् ।

    सोमबार भएको सहमतिअनुरूप प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले पार्टीको कर्णाली कमिटीलाई प्रदेश सरकारको नेतृत्व छाड्न टेलिफोनबाट निर्देशनसमेत दिइसकेका छन् ।

    तर माओवादी केन्द्र प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राजकुमार शर्मा भने विश्वासको मत लिने अडानमा छन्।

    सोही विषयमा निर्णय गर्न कर्णाली प्रदेशसभाअन्तर्गत मओवादी केन्द्र संसदीय दलको बैठक दिउँसो १ बजेका लागि बोलाइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजनामन्त्री समेत रहेका माओवादी प्रदेश सांसद कृष्णबहादुर जिसीले जानकारी दिए ।

    उनका अनुसार दलको बैठकमा विश्वासको मत लिने वा नलिने भन्ने विषयमा दलभित्र छलफल हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij