सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

एसएमएस फ्रेन्डसिप कप : नेपालको लगातार दोस्रो जित, बरोडाविरुद्ध २७ रनले विजयी


  • 541
    SHARES
  • https://indrenipost.com/posts/7488
    चैत २०, २०८० मंगलबार
    एसएमएस फ्रेन्डसिप कप : नेपालको लगातार दोस्रो जित, बरोडाविरुद्ध २७ रनले विजयी

    काठमाडौं । ‘एसएमएस फ्रेन्डसिप कप’ त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले बरोडा क्रिकेट एसोसियसनविरुद्ध २७ रनको सहज जित निकालेको छ । शृंखलामा यो नेपालको लगातार दोस्रो जित हो ।

    मंगलबार भारतको वापीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याउने क्रममा बरोडाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२९ रनमात्र बनाउन सक्यो । बरोडाका भानु पानियाले ३८ रन बनाए पनि हार टार्न सकेनन् ।

    बाबा खानले २७, विष्णु सोलान्कीले २५ र अमित पासीले १४ रन बनाए । नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र अभिनाश बोहराले समान दुई विकेट लिँदा गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको थियो । नेपालका कुशल मल्लले अविजित २५ बलमा ४० रन बनाए ।

    सन्दीप जोराले १६ बलमा २९ रन थपे । ८२–५ को अवस्थाबाट यी दुईले छैटौँ विकेटका लागि ४७ रनको साझेदारी गर्दै नेपाललाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याएका हुन् । यसबाहेक, अनिलकुमार साहले २५, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन थपे ।

    ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेख भने समान नौ रनमा आउट भएका थिए । बरोडाका बाबा खनाले दुई विकेट लिए । मोहित मोगिन्या र परिक्षित पटिदरले समान एक विकेट लिए ।

    एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति हाल भारतमा रहेको नेपालले त्यहाँ बरोडा र गुजरातसँग त्रिकोणात्मक शृंखला खेल्ने तालिका छ ।

    यसअघि शृंखलाको पहिलो खेलमा नेपालले गुजरातविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij