सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दै नेपाल


  • 397
    SHARES
  • https://indrenipost.com/posts/7491
    चैत २१, २०८० बुधबार
    आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दै नेपाल

    काठमाडौं । नेपाली ‘ए’ क्रिकेट टिमले आज ट्वान्टी–२० र एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दै छ ।

    यसअघि घरेलु टिमविरुद्धको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो । आयरल्यान्ड आज पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

    यता, विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने घरेलु समर्थकमाझ शृंखलामा सुखद सुरुआतको लक्ष्यमा हुनेछ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । आजको खेलपछि शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

    नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो ।

    जहाँ वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij