काठमाडौं । आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ लाई १५८ रनको लक्ष्य दिएको छ ।
आजदेखि सुरु भएको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा आयरल्यान्ड वुल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन मात्र बनाएको हो । आयरल्यान्ड वुल्भ्सले ३८.३ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो ।
आयरल्यान्ड वुल्भ्सका लागि काड कारमाइकलले सर्वाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए ।
त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २(२ विकेट लिएका थिए । त्यसति रिजन ढकालले एक विकेट लिएका थिए ।