आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

विद्युत् प्राधिकरण

बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती प्राधिकरणले काट्ने [सूचनासहित]


  • 577
    SHARES
  • https://indrenipost.com/posts/7526
    चैत २३, २०८० शुक्रबार
    बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती प्राधिकरणले काट्ने [सूचनासहित]

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने भएको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको हो ।

    प्राधिकरणले गत चैत १६ गते सार्वजनिक सूचना मार्फत् सबै स्थानीय तहलाई सडक बत्ती प्रयोग गरेवापतको बक्यौता महशुल भुक्तानी गर्न आग्रह गरेको थियो । त्यसपछि केही स्थानीय तहबाट रीतपूर्वक ग्राहक बन्ने कार्य भई सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानी गर्ने प्रतिबद्धता पनि प्राप्त भएको र केहीबाट भुक्तानीसमेत प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

    कतिपय स्थानीय तहबाट सूचना बेवास्ता गरिएकोले त्यस्ता स्थानीय तहमा रहेका सडक बत्तीको विद्युत् लाइन जुनसुकै बखत काटिने प्राधिकरणको चेतावनी छ । यसबाट सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

    dfdfdfewfe_dRDCDX7R8H.png

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij