काठमाडौं । गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ पुर्याएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय थप्ने निर्णय गरेको गण्डकी सरकारले बताएको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यालयबाट आन्तरिक मन्त्रालय बनाउने निर्णय भएको छ ।
यसअघि अघिल्लाे वर्ष पुस २५ गते मुख्यमन्त्री बनेका खगराजले नै गण्डकीका १२ मन्त्रालयबाट घटाएर ७ वटामा झारेका थिए ।